काठमाडौं । एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने काम मानविय नभएको उल्लेख गरेकी छन्।
रेखा थापाले पछिल्लो समय एक टेलिभिजन मार्फत यस्तो भनेका छन् ।
लाखौ ऋण काटेर बाध्यताले कमाउनको लागि बिदेश जाने दाजुहरुको पिडा कति हुन्छ भन्ने मैले बुझेको छु , त्यहि दाजुभाई घर फर्किने बेला खुशी हुँदै भाइबहिनी अामाबुबा श्रीमती छोराछोरीलाई २/३ वटा मोबाइल १/२ पोका चक्लेट लिएर आउँछ त्यो पनि एयरपोर्टमै लुटि दिदा कस्को मन रुदैन होला । नेपाली दाजुभाइ हरुको परदेशमा दुख गरेर केही खुशी लिएर आउँदा एक झोला चक्लेट खोस्ने कस्तो नियम हो सरकार ? ३३ किलो सुन छिर्ने एयरपोर्ट त्यहीँ होइन र एक बोतल रक्सी ल्याउदा त्यो त कोसेलि हो हाम्रो नेपालीको लागि ।
sabhar nala pani com bata
Traveling gives us the opportunity to disconnect from our regular life. You get to forget your problems/issues for a few weeks, it can also help you figure things out that you would not have understood without the distance traveling can give you. We all have crazy schedules, work and a family to take care of, going away alone or with some friends can give you distance and perhaps even make you realize how important these people are for you. Like the saying says: we never know what we have until we lose it.
Another great benefit is the relaxation you get to do. It’s nice to live life to its fullest and enjoy a stress free time with yourself. Going on vacation lets us recharge our “batteries” by disconnecting us from our regular life. When we come back we feel invigorated and we are happy to be back in our day to day routine. It’s a very good stress remover that has a lot more to give than most people are willing to accept.
Traveling increases our knowledge and widens our perspective. To view new customs, different ways of living is fantastic for the mind. It gives us a new perspective about life and especially our life, it can help us change some of our habits or even create new ones. When I travel I usually make it a point to try new food, some cultures don’t have fries in their diet and they are all skinny, others use spices to give taste and not oils or fats. Discovering different values and ways to get by in life is really interesting. You also need to visit exotic new places and discover wha t this wonderful world has to offer.
काठमाडौं। क्यानाडा र अमेरिकाका विभिन्न राज्य ट्रक हाकेर छिचोल्ने क्रममा म आफ्नो देश खुब सम्झिन्छु । यी दुई देशमा मैले १८ पांग्रे ट्रक गुडाउन थालेको पनि वर्षैं भैसक्यो । ५३ फिट लामो यो ट्रकको एकातिरको बाहिरी भागमा फेवाताल र माछापुच्छ्रे, एकसिंगे गैंडा, पाटेबाघ, प्याराग्लाइडिङ, पदयात्रा, राफ्टिङ तथा रक क्लाइम्बिङका आकर्षक दृश्यहरू छन् भने अर्कातिर जीवित देवी कुमारी, बुद्ध स्तूपा, पाटन दरबार र पशुपतिनाथका चित्र कुँदिएका छन् ।
अमेरिका र क्यानाडामा यस्तै आकारका अरू २ हजार ९ सय ट्रक गुड्छन्, तर ती ट्रकले खासै कसैको ध्यान तान्दैनन् । जब मेरो ट्रक कतै रोकिन्छ, तब मानिसहरू झुम्मिन्छन् र ट्रकसँग सेल्फी खिच्नेहरूको लाइन लाग्न थाल्छ । कारण मेरो ट्रकमा कुँदिएका आकर्षक चित्र नै हुन् । परदेशमा रहेर पनि मैले नेपालको पर्यटन, प्रचार–प्रसारमा सहयोग पुर्याउन यो कदम सुरु गरेको हुँ । मेरो ‘नेपाल बोक्ने ट्रक’ ले एक दिनमा झन्डै ११ सय किलोमिटर दूरी पार गर्छ ।
सुरुमा क्यानाडाको अध्यागमनमा मैले ट्रक रंग्याउन पाइन्छ कि पाइँदैन भनेर बुझें । कानुनले त्यस्तो छुट दिए पनि यसरी रंग्याउने काम धेरै नै खर्चिलो हुँदो रहेछ । यो कामका लागि मैले झन्डै १ लाख रुपैयाँभन्दा बढी खर्च गरें । सुरुमा त अध्यागमनका कर्मचारीले पेन्टिङकै लागि ‘त्यत्रो रकम खर्च गर्ने तिमी मूर्ख हौ’ भनेर टिप्पणी गरे, तर मैले उनीहरूलाई विश्वस्त तुल्याएँ । मैले नाफाका लागि यो काम गरेको होइन । आफ्नो देशको प्रचारका लागि आफ्नो तर्फबाट योगदान दिएको हुँ । सुरुमा निराश बनाउने अध्यागमनका कर्मचारीहरू नै पछि मेरो प्रशंसा गर्न थाले । मेरो अभियानबाट उनीहरू पनि उत्साहित भए ।
विगत पाँच वर्षको अवधिमा म जहाँ–जहाँ पुगें, त्यहाँ विदेशी नागरिकहरूसामु नेपालको सुन्दरताका बारेमा बयान गर्दै घुम्नका लागि प्रस्ताव गरेको छु । कतिपय विदेशी प्रभावित भएर नेपाल घुम्न पनि निस्किएका छन् । म जहाँ बास बस्छु, त्यो ठाउँमा सयौं ट्रक र ट्रक ड्राइभर झुम्मिन्छन् ।
उनीहरू मेरो सिर्जनशीलताको प्रशंसा गर्छन् । यस्ता कैयौं विदेशी भेटिन्छन्, जसले नेपालका बारेमा चासो राख्छन् र नेपाल जाने योजना बनाउँछन् । म ‘नेपाल तस्बिरमा देखिएको भन्दा धेरै सुन्दर छ, एकपटक घुमेर आउनुहोस्’ भनेर सल्लाह दिन्छु । खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा एक पटक नासाको कार्यक्रममा सहभागी हुन अमेरिका आएका थिए । त्यतिबेला मेरो ट्रक देखेपछि रेग्मीले राम्रै प्रशंसा गरेका थिए ।
मेरो आफ्नै सिर्जनशीलता र निजी खर्चमा नेपालको प्रचार–प्रसारमा योगदान दिएबापत क्यानाडा र अमेरिकास्थित नेपाली दूतावासले सद्भावना दूतका रूपमा काम गर्नसमेत सिफारिस गरेका छन् । दूतावासले दिएको जिम्मेवारीले मलाई एकदमै उत्साहित र खुसी बनाएको छ ।
देशको पर्यटन प्रवद्र्धनका लागि मैले आधिकारिक व्यक्तिका रूपमा काम गर्ने अवसर पाउनु मेरा लागि गर्वको कुरा हो । यद्यपि मेरो मात्र एक्लो प्रयासले अमेरिका र क्यानाडामा पर्यटन प्रवद्र्धन अभियान सफल र प्रभावकारी हुँदैन । यो अभियानलाई संस्थागत गर्न सरकार, पर्यटन मन्त्रालय, पर्यटन बोर्ड तथा गैर–सरकारी संघ–संस्थालगायत सबैको साथ र सहयोगको आवश्यकता पर्छ ।
काठमाडौं। आफ्नै पिताबाट छोरी बलात्कृत भएको त हामीले सुनेका छौं तर आफ्नै पितासँग यौन सम्बन्धको लागि छोरी आकर्षित भएको र उनीहरुले सहमतिमै विभिन्न तरिकाले यौन सम्बनध बनाएको घटना भने विरलै सुनिन्छ । तर, एक युवतीले भने चर्चित अन्तर्राष्ट्रिय मिडियामा लेख नै लेखेर आफू र आफ्ना जन्म दिने पिताको बीचमा भएको यौन सम्बन्धबारे सनसनीपूर्ण खुलासा गरेकी थिइन् । यो खुलासाले एकैपटक संसारभल हलचल मच्चिएको थियो ।
क्यानडाको भ्याङकोभरकी २७ वर्षकी नताशा रोज चेनियरले लेखेको लेख ‘अन फलिङ इन एण्ड आउट अफ लभ विथ माइ ड्याड’ १७ फेब्रुअरी २०१५ मा जेजेबेलमा प्रकाशित भयो । जेजेबेल अमेरिकाको प्रतिष्ठित मिडिया कम्पनी युनिभिजन कम्युनिकेशन्सले संचालन गरिरहेको मिडिया हो । प्रतिष्ठित मिडियामा उनको यो लेख आएपछि संसारभर तहल्का मच्चियो । लेखमा नताशाले कसरी उनले आफूलाई जन्माउने पितालाई भेटिन्, कसरी उनीप्रति आकर्षित भइन्, कसरी उनका पिता पनि उनीसँग यौन सम्बन्धको लागि लालायित थिए भन्ने विषयमा खुलासा गरेकी छिन् ।
नताशाले सुरुमा आफ्ना पिताप्रति सुरु भएको आकर्षष पछि सहमतिमै पटक पटक यौन सम्बन्धसम्म पुगेको र अन्ततः अहिले आफैंसँग घृणा लाग्न लागेको कुरा लेखमा उल्लेख गरेकी छिन् । उनीहरुबीच यौन सम्बन्ध सुरु हुनुभन्दा २ वर्ष अगाडि नताशा उनका पिताको सम्पर्कमा आएकी थिइन् । उनका पिता जमाइकामा बस्थे र पितालाई जमाइका भेट्न जानुअघि उनले पितासँग केही पटक फोनमा कुरा गरिसकेकी थिइन् ।
dc nepal .com
गोरखपुर । भारत उत्तर प्रदेशको गोरखपुर स्थित बांसगांव थाना क्षेत्रमा स्थानीयले दुई चोर युवालाई कुटपिट गरेका छन्।चोरी डकैतिको काम गर्ने उनीहरुलाई स्थानीयले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
गाँउलेले उनीहरुका शरीरका कपडा खोलेर कुटपिट गरेका थिए । दुई युवकले एसबीआई ग्राहक सेवा केंद्र नजिकै एक पसलबाट दुई लाख रुपैया लुटेर भाग्दै गर्दा स्थानीयले पक्राउ गरेका थिए।
पैसा लुट्ने युवकको नाम विजय र हरीस रहेको बताइएको छ।स्थानीयले कुटपिट गर्दै गर्दा प्रहरी घटना स्थलमा पुगेको थियो । त्यसपछि उनीहरुलाई हिरासतमा लिइएको छ।
नेपालमा यस्तो सडक कहिले बन्ने हेर्नुहोस (भिडियो सहित )
काठमाडौँ । जनताका अभिभावक हुन् नेता । जसरी एउटा बच्चाले आफ्नो अभिभावक खोजी गर्छ त्यसरी नै जनताले पनि अभिभावकको खोजी गरिरहन्छ । चाहेँ नेताले बेवास्ता नै किन नगरुन् । तर, नेताहरूलाई तौलिने र छान्ने भन्ने नै जनताहरूले हो । नेताहरूलाई डस्टविनमा फाल्ने की रातो कार्पेटमा ओछ्याउने भन्ने निर्णय पनि जनताले नै गर्दछन् ।
गणतन्त्रमा त झन् जनता नै सर्वेसर्वा हुन्छन् । जनताले नेतालाई हुट्याउने र सुम्सुम्याउने मात्र होइन उनीहरूलाई वाच (पछ्याउने) काम पनि गरिरहेका हुन्छन् । आफूले छानेका नेताले जनता र देशका लागि के कस्ता काम गर्दछ भन्ने कुरा उनीहरूले लेखेर, बोलेर वा हृदयबाट मूल्याङ्कन गरिरहेका हुन्छन् । जनताको मूल्याङ्कनमा थोरै अङ्क आउनु भनेको नेताको राजनीतिक जीवनमा खडेरी लाग्नु हो ।
भिजन, मिसन, स्ट्राटेजी, कन्ट्रनेभर्सी इत्यादिले नेताहरूलाई चर्चामा ल्याउने गर्छन् । यिनै कारणले नेताहरूलाई जनताले खोजी गर्छन् । नेताको नीति, रणनीति र कार्यशैली बुझ्न र आफ्नो धारणा दिन जनताले नेताको नाम खोज्छन् ।
थप जानकारीका लागिकेन्द्रविन्दु टिभीले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुस्…
<iframe width="708" height="460" src="https://www.youtube.com/embed/eP_Y9kojhrc" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
इन्सपेक्टर गिरीको कमाण्डमा खटिएको प्रहरीले नेपाल प्रहरी र नेपाली सेनाको जागिर छोडी अपराधमा संलग्न सहित ३ जना पक्राउ गरेको हो। केदारप्रसाद अधिकारी, अर्जुन प्रसाद अधिकारी र अन्जन उप्रेती पक्राउ परेका हुन्। यीमध्ये केदारप्रसाद अधिकारी पहिले प्रहरी थिए। प्रहरीको जागिर छाडेर उनी सेनामा भर्ती भएका थिए। पछि सेना पनि छाडेर अपराधी बनेका प्रहरी रेकर्डमा छ।
केदारप्रसाद अधिकारी धादिङ जिल्ला गल्छी घर भइ हाल काठमाडौं कलंकीमा बस्दै आएका थिए। उनले नेपाल प्रहरीमा २ वर्ष जागिर खाई भागेर पुनः नेपाली सेनामा भर्ती भएर तीन वर्ष जागिर खाएर त्यहाँबाट पनि भागेका थिए। उनीसँगै पक्राउ परेका धादिङ गल्छी घर भई हाल कलंकी काठमाडौं बस्ने अर्जुन प्रसाद अधिकारी दुईपटक सार्वजनिक अपराधमा सजाय पाइसकेका पटके अभियुक्त हुन्। उनीहरुसँगै काभ्रे जिल्ला भुम्जु गाउपालिका ८ घर भई हाल चावहिल बस्ने अन्जन उप्रेती पनि पक्राउ परेका छन्। उप्रेती गुण्डा नाईके कुमार घैंटेको ग्याङमा काम गरेका पेशेवर रहेको प्रहरी रेकर्डले देखाउँछ।
तीनै जना अपराधीहरुलाई शनिबार साँझ साढे सातबजे जडिबुटी स्थित गणेशमाया श्रेष्ठको घरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। ती व्यक्तिहरु हातहतियार सहित लुटपाट गर्ने उद्देश्यले घरमा प्रवेश गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
प्रहरी प्रभाग कोटेश्वर प्रमुख एलिजा गिरीको नेतृत्वमा खटिएको टोलीले ठूलो चाइनिज पेस्तोल १ थान, १ राउन्ड गोली र खुकुरी एक थान सहित पक्राउ गरेको थियो। एलिजा गिरी नेपाल प्रहरीमा चर्चामा छन्। उनी पहिले मोडलिङ क्षेत्रमा थिइन्।
काठमाडौं । पोखरामा जारी साहित्यिक महोत्सवका क्रममा सोमबार रोचक अन्तरक्रिया भयो । मूर्धन्य पत्रकार विजयकुमारसँग आमने–सामने थिए अहिलेका ‘हट केक’ रवि लामिछाने ।
दुवैले एक–अर्काप्रति प्रशंसाको पुल बाँधेर संवाद सुरु भयो । रविले विजयकुमारजस्तो ‘लिजेन्ड’ सँग मञ्च सेयर गर्नु आफ्नो अहोभाग्य भएको बताए । जवाफमा विजयले भने, ‘भाग्य त मेरो हो, तपाईं एउटा उदाउँदो सूर्य हो, हामी अस्ताउन लागेको ।’
तर, संवाद अघि बढ्दै जाँदा रविले विजयकुमारमाथि केही खरा प्रश्नहरु राखे । विजयकुमारले पनि रविलाई कटाक्ष गर्न छाडेनन् ।
‘तपाईंको उमेरमा म पत्रकारिता नै सबैभन्दा ठूलो हो भन्ने सोच्थेँ,’ विजयकुमारले भने, ‘तर अहिले यथार्थको धरातलमा ओर्लिएको छु । पत्रकारिता, साहित्य र संगीतमध्ये पत्रकारिता तेस्रो नम्बरमा आउँदोरहेछ ।’
यसको व्याख्या गर्दै विजयकुमारले भने, ‘पत्रकारिता मूलतः मस्तिष्कसँग सम्बन्धित छ । साहित्यमा मतिष्क आधा र मुटु आधा प्रयोग हुन्छ । संगीत भने मुटुबाट सिर्जना हुन्छ । र, संसारमा मुटुभन्दा ठूलो कुरा अरु केही पनि छैन ।’
फेरि रविले पेल्न खोजे, ‘विजयकुमार त आफ्नो पत्रकारिताबाट हिरो भयो, तर समग्र मुलुकले उहाँबाट के पायो ? देश त बनेको छैन ?’
रविका कतिपय प्रश्नमा विजयकुमारले हलुका जवाफ दिए । खासगरी रविले नेताहरुसँग उनको हिमचिमको प्रभाव उनको पत्रकारितामा परेको विषयमा ओकल्न खोजेका थिए । तर, विजयकुमार यसमा धेरै खुल्न चाहेनन् ।
अनि आयो रक्सीको प्रसंग ।
एकताका विजयकुमारले आफूले बालुवाटार (प्रधानमन्त्री कार्यालय) का कोठा–कोठामा रक्सी खाएर छादेको दाबी गरेका थिए । आफ्नो किताबमा पनि उनले ठूलाठालुहरुको बेडरुममा रक्सी छादेको प्रसंगलाई नलुकाई प्रस्तुत गरेका छन् । रवि लामिछानेले यही विषयलाई कोट्याउँदै सोधे, ‘तपाईं नेताहरुसँग बसेर रक्सी खाने गरेको सगर्व बताउनुहुन्छ, भोलिपल्ट तपाईंले काम गर्ने पत्रिकामा हिजो खाएको रक्सी त गन्हाउँदैन ?’
यो प्रश्नले दर्शकबाट ताली पायो । बल्ल विजयकुमार अलि गम्भीर बने । उनले जवाफ दिए, ‘मनुष्यको सार, उसको भित्रको ‘कोर’ उभित्रै हुन्छ । बुझिरहनुभएको छ ? तपाईं हल्लिनुभएन भने तपाईंलाई त्यति सजिलोसँग कसैले हल्लाउन सक्दैन । आर यू विथ मी ?’
आफ्नो प्रश्नबाट विजयकुमार अलि बिच्केको महसुस गरेर रविले भने, ‘म विजयकुमार होइन, विजयकुमारहरुको कुरा गरिरहेको छु । मेरो चिन्ता बुझ्नुहोला ।’
विजयः ‘तपाईंको चिन्ता र सदिच्छा बुझिरहेको छु । नयाँ पुस्ताले आफ्नो सीमारेखा निर्धारित गर्न सिक्नुपर्छ । नेता आएन भने तपाईंको प्रोग्राम चल्दैन ।’
रविः ‘त्यस्तो पनि अलि होइन ।’
विजयः ठीक छ, तपाईंको पत्रकारितामा एकछिनपछि प्रवेश गरौंला । मेरो पार्टबाट भन्नुपर्दा हाम्रो सीमारेखा छ । मैले आफ्नो जीवनमा सीमारेखा निर्धारण गरेको छु । सबै कुरा माइकमा भनिरहनुपर्दैन ।’
फेरि रविले पेल्न खोजे, ‘विजयकुमार त आफ्नो पत्रकारिताबाट हिरो भयो, तर समग्र मुलुकले उहाँबाट के पायो ? देश त बनेको छैन ?’
विजयकुमारले रविलाई अर्को दनक दिए, ‘पब्लिक फोरममा आएर ठूलो स्वरले नेतालाई गाली गर्दैमा आफ्नो उचाइ बढ्छ भन्ने पत्रकारितामा म विश्वास गर्दिनँ ।’
प्रायः एकछिन रोकिएर बोल्ने विजयकुमारले तत्काल भने, ‘हिरो शब्दमा मेरो आपत्ति छ । मैले आफूलाई हिरो ठानेको छैन, न हिजो, न आज, न भोलि । देश बनाउने त्यति हल्का विषय होइन । हामी सबैले आ–आफ्नो भूमिका गर्यौं भने त्यसको समजोडले देश बन्ने हो । म त्यो पत्रकार होइन, जसलाई देश बनाउँछु भन्ने भ्रम छ । त्यो मेरो क्षेत्र होइन । मेरो क्षेत्रभित्र सानो केही चिज गर्न सकेँ भने म सन्तुष्ट हुन्छु । देश बनाउने र हिरो बन्ने फरक चिज हो । इन्डियालाई सलमान खानहरुले बनाएका होइनन् ।’
रविले पाकिस्तानका इमरान खानको उदाहरण दिन खोजे ।
‘एउटा क्रिकेटरले मुलुकमा परिवर्तन ल्याउन खोजिरहेको छ, पत्रकारले किन सक्दैन ?’
विजयले भने, ‘तपाईंले इमरान खानलाई रिफर गर्नुभयो । तर, उहाँले क्रिकेट खेल्न छाडेको २० औं वर्ष भइसकेको थियो । उनकी पूर्वपत्नीले भनेकी छन् कि मेरा पूर्वपति मेरा बच्चाका पिता १८ वर्षको कठोर संघर्ष र परिश्रमपश्चात आज यो पोजिसनमा जाँदै हुनुहुन्छ ।’
त्यसपछि विजयकुमारले रविलाई अर्को दनक दिए, ‘पब्लिक फोरममा आएर ठूलो स्वरले नेतालाई गाली गर्दैमा आफ्नो उचाइ बढ्छ भन्ने पत्रकारितामा म विश्वास गर्दिनँ । म सोच्छु कि हामी जस्ता छौं, त्यस्तै नेता छन् । तर, उनीहरु एक स्टेप अगाडि बढ्नुपर्छ भन्ने होे । राइट सर ?’
अलि तात्तिँदै आएका विजयमाथि रविले अर्को प्रश्न ठेले । तर, विषयान्तर गर्दै ।
‘तपाईं अन्तरवार्ता दिन बोलाएका पाहुनाहरुलाई अप्रासंगिकरुपमा आफूले जानेको आध्यात्मको पाठ पढाउन खोज्नुहुन्छ नि किन ?’
रवि लामिछानेको यो प्रश्न पनि विजयले रुचाएनन् । रुष्ट शैलीमा एक वाक्यमा उत्तर दिए, ‘हो, पढाउनुपर्नेलाई पढाउँछु म ।’
रविको अर्को प्रश्न आयो, ‘तपाईं आफ्नो अतिथिको दायरा ८–१० वटा मात्रै भएको बताउने गर्नुहुन्छ । तिनै खगेन्द्र दाइ …’
विजयकुमारको जवाफ– ‘तपाईं आफ्ना शब्दहरु जबरजस्ती मेरो मुखमा नकोच्नुस् । मैले भनिनँ कि मेरा अतिथि १०–१२ जना छन् । मैले भनेँ कि विषय १०–१२ छन् ।’
रविले आफ्नो जिरह पेश गरे– ‘तर यो कुरा अतिथिमा पनि लागु हुन्छ नि । हरेक नयाँ कार्यक्रममा तपाईंका अतिथि उही सिके लाल, खगेन्द्र संग्रौला, प्रदीप गिरी नै दोहोरिन्छन् । समाजमा अतिथिको अभाव हो कि उनीहरुप्रति तपाईंको अतिरिक्त मोह हो ?’
यो प्रश्न पनि विजयकुमारलाई बिझायो । उनले भने, ‘नयाँ मान्छे चिन्न गाह्रो लाग्छ मलाई । यिनीहरु नै चलिरहेका छन् । यिनीहरुले मेरो काम सजिलो पार्दिन्छन् । भोलि पनि यिनीहरु नै आउने हुन् ।’
रविको अर्को प्रश्न ः ‘धेरैले भन्छन् कि तपाईं एकदमै फरक स्वभावको हुनुहुन्छ । नमस्ते गर्दा पनि फर्काउँदैन भन्छन् मानिसहरु । तपाईंको हाउभाउ, बोलीचाली हेर्दा फरकपन देखिन्छ पनि । के तपाईं भित्रैदेखि भिन्न हुनुहुन्छ या अरुभन्दा फरक देखिन त्यस्तो ढोंग गर्नुहुन्छ ?’
विजय आफ्नै शैलीमा निकैबेर मौन बसे । अनि भने, ‘क्वेसन इज डिफिकल्ट । म टेलिभिजनमा नआएर अर्कै पेशामा भएको भए पनि यस्तै हुन्थेँ । मेरो दुर्भाग्य, आदरणीय नीर शाहले टेलिभिजनमा ल्याइदिनुभो । भोलिको दिनमा पनि म यस्तै हो । कहिलेकाहीँ आफ्नो सुरमा हिँडिरहेको हुन्छु । मेरो आँखाको पावर माइनस फाइभ छ । मान्छे झट्टै ठम्याउन सक्दिनँ । तर, मैले आजसम्म कुनै गरिब, जसले मेरो मनलाई छोएको छ, त्यसका लागि म घन्टौं रोकिएको छु ।’
अब दर्शकदीर्घाबाट प्रश्न आयो रवि लामिछानेलाई ।
एक सहभागीले सोधे, ‘अस्ती सञ्चारमन्त्रीले पत्रकारको काम समाचार लेख्ने हो, छापा मार्ने होइन भनेर तपाईंलाई व्यंग्य गर्नुभयो । त्यसमा तपाईंको जवाफ के छ ?
रविले स्पष्टीकरण दिए– ‘छापा मार्न गएकै छैनौं कहिले पनि । समस्या परेर मानिसहरु हाम्रो कार्यालयमा आउँछन् । हाम्रो कार्यालयमा मानिसहरुको भीड देख्नुभयो भने छक्क पर्नुहुनेछ । जहाँ पनि जाँदा प्रहरी– प्रशासन र अख्तियारलाई खबर गरेर जान्छौं । तर, कसैले बदमासी गरिरहेको देखियो भने प्रहरी कुर्दैनौं । यसको मतलव, कानून हातमा लिएको भन्ने होइन ।’
यति भनिसकेर लामिछानेले आफ्नो पूर्ववत् शैलीमा सञ्चारमन्त्रीलाई चेतावनी दिए, ‘सञ्चारमन्त्रीजयूलाई मेरो प्रश्न छ– राजा महाराजाले आफ्नो घेराभित्र राखेको रेडियो र टेलिभिजनलाई पहिले सिंहदरबार बाहिर ल्याइदिनुस । जनताको पहूँचमा ल्याइदिनुस ।’
अन्त्यमा रविलाई पेल्ने पालो आयो विजयकुमारको ।
उनले रविलाई भने, ‘अंग्रेजीमा एउटा भनाइ छ, एभ्री शो मस्ट कम टु एन इन्ड, नो म्याटर हाउ ग्रेट द शो इज, हाउ ग्रेट द शो म्यान इज ? (प्रत्येक शोको अन्त्य अवश्य हुन्छ, चाहे त्यो शो जति भव्य र शो म्यान जति महान किन नहोस्) । आफ्नो बढ्दो प्रभावसँगै बढेको जिम्मेवारी पनि विचार गर्नुहोला ।’
नेपालको पहिलो नेपाल आइडल पोखराका बुद्ध लामाको चौंथो गीत सार्वजनिक भएको छ। नेपाल आइडलको सिजन २ को फाइनलको संघारमा नेपाल आइडलको पहिलो सिजन बिजेता बुद्ध लामाको चौथो गीत तिम्रो माया बोलको गीत बजारमा आएको हो ।
तिम्रो मायामा बोलको गीत बिहिबार हाईलाईटस नेपालले बजारमा ल्याएको हो । यस गीतमा शब्द हिमांशु रायमाझीको रहेको छ भने दिलिप सामानले गीतलाई संगीत भरेका छन ।
त्यस्तै गीतमा बाबु प्रधानको अरेन्ज रहेको छ भने राजु र सृजनाको अभिनय देख्न सकिन्छ । बुद्ध लामाको यो गीत माया प्रेममा आधारित रहेको छ भने यस गीतले पनि धेरै भन्दा धेरै दर्शकको मन जित्ने कुरामा निर्माण पक्ष विश्वासिलो रहेको छ ।
काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकहरुले पोखरामा भव्य स्वागत गरेका छन् । सोमबार बिहान पोखरा विमानस्थलमा उत्रिएका पूर्वराजा शाहलाई भव्य पुष्पगुच्छासहित उनका समर्थकहरुले स्वागत गरेका हुन् ।
पूर्वराजा शाह विमानस्थलमा उत्रिएलगत्तै उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नारा लगाएका थिए भने गणतन्त्रको विरोध गरेका थिए । उनीहरुले ‘राजा आउ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ,’ भन्ने नारा लगाउँदै पूर्वराजाको जय जयकार गरेका थिए ।
पूर्वरानी एवम् पत्नी कोमल शाहसहित पोखरा पुगेका ज्ञानेन्द्रलाई हेर्न चाहने सर्वसाधारणहरुको समेत घुइँचो लागेको थियो । पूर्वराजा शाह एकसाताको लागि पोखरा भ्रमणमा निस्किएका हुन् ।
काठमाडौँ। वास्तुशास्त्रले नकारात्मक र सकारात्क ऊर्जामा विश्वास गर्छ । वास्तुशास्त्रका अनुसार घर देखि अफिस र व्यवसाय गर्ने ठाउँमा वास्तु मिलेको छ भने सकारात्मक ऊर्जा पैदा भएर शान्ति, अमन चयन र फाइदा हुन्छ र वास्तु मिलेको छैन भने नकारात्मक ऊर्जा पैदा भएर अशान्ति र घाटा हुन्छ ।
तल प्रस्तुत गरिएको भिडियोमा सुत्ने कोठामा खाट राख्दा कुन दिशामा राख्नु पर्छ भनेर जानकारी दिइँदै छ। चर्चित ज्योतिष हरिहर अधिकारीको अनुसार जुन सुकै दिशामा सुत्ने कोठा भएपनि खाट दक्षिण-पश्चिमको कुनामा राख्दा राम्रो हुन्छ। पूरा जानकारीको लागि भिडियो हेर्नुस्।
<iframe width="708" height="460" src="https://www.youtube.com/embed/tHbqFKTkIEs" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
कुर्तामै बसी बसी यस्तो डान्स जुन देखर तपाई हेरेको हरेई हुनुहुन्छ (भिडियो सहित )
यी युवती जसले लिफ्टमै गरिन यस्तो लाजमर्दो हर्कत जुन तपाईले सोच्ननि सक्नुहुन्न (भिडियो सहित )
<iframe width="708" height="532" src="https://www.youtube.com/embed/3zB7v0ur9zM" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
काठमाडौं । महेन्द्र स्मृती दिवसको अवसरमा शाही युवा शक्ति नेपालले राजधानीमा बृहत प्रदर्शन गरेको छ । राजधानीको गोंगवुबाट सुरु भएको मोटरसाइकल र्याली सामाखुसि,लैनचौर,नारायणहिटी हुँदै दरवारमार्ग स्थित महेन्द्र शालीकमा पुगेर कोण सभामा परिणत भएको थियो।
र्यालीमा १ हजार भन्दा बढि मोटरसाइकलको सहभागीता रहेको थियो।र्यालीमा सहभागीहरुले गणतन्त्र बिरुद्धमात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष प्रचण्ड बिरुद्ध पनि चर्को नारावाजी गरेका थिए।
कोण सभालाई सम्बोधन गर्दै शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काले अब संघिय गणतन्त्रलाई जरैदेखि उखेलेर फाल्ने बताए।
उनले केपी ओली र प्रचण्डले देशलाई राजाले भन्दा पनि बढि निरंकुशता लादेको भन्दै अब जनताको बलले राजसंस्था फर्काउने र राजा ज्ञानेन्द्रलाई नारायणहिटी फर्काउने बताए।
पुष १ गतेको कार्यक्रम सांकेतिक मात्रै भएको बताउँदै आगामी दिनमा अझ सशक्त कार्यक्रम गर्ने युवा शक्तिले जनाएको छ । शाही युवाशक्तिको प्रर्दशन भिडियोमा हेर्नुहोस्
जतिबेला पनि ‘सेक्स’ गर्न मन लाग्थ्यो, दिनमा ५ पटकको सम्बन्धले पनि चित्त बुझेन (भिडियो)
एजेन्सी। ‘सेक्स एडिक्सनले मेरो जिन्दगी बर्बाद गरिदियो, सबथोक बर्बाद भयो’ बेलायतकी महिला रेबेका बार्करले न्यूज एजेन्सीसँग आफ्नो पीडा सुनाउँदै भनिन् । रेबेकाले हालै एक समाचार च्यानलमार्फत आफ्नो दुखद् कथा सार्वजनिक गरेकी छिन् । यी महिलाले बताइन् कि कसरी अत्याधिक सेक्सको लतले उनको जीवन बर्बाद बनाइदियो । उनले बताइन् कि कसरी यो लत उनको नियन्त्रणभन्दा बाहिर गयो र यसका के कस्ता दुष्परिणाम भए ।
रेबेकाले अन्तरवार्तामा भनिन् ‘एक पटक यस्तो समय आयो कि दिनमा ५ पटक सेक्स गर्दा पनि मलाई सन्तुष्टि प्राप्त हुँदैनथ्यो । बिहान उठ्नेबित्तिकै मेरो मनमा सेक्स गर्ने मात्रै सोचाइ आउँथ्यो । जति कोसिस गरे पनि मेरो मनका यही चलिरहन्थ्यो । म पूरै पागल भइसकेकी थिएँ ।’ रेबेकाका अनुसार उनलाई यो समस्या डिप्रेसनको उपचारको क्रममा सुरु भएको थियो । २०१४ मा उनी यो समस्याबाट ग्रस्त भएकी थिइन् ।
सुरुमा उनका पार्टनरलाई पनि यसले समस्या भएको थिएन । तर केही समयपछि नै जब रेबेकाको सेक्सको विषयमा माग बढ्न थाल्यो त्यसपछि भने उनका पार्टनर समस्यामा परे । उनी तनावमा रहन थाले । रेबेकाका पार्टनरले रेबेकामाथि नै शंक ागर्न थाले । उनका पार्टनरलाई लाग्यो कि रेबेकाको उनीबाहेक अरु कोही व्यक्तिसँग अफेयर छ र उनी यो कुरा लुकाउन पटक पटक सेक्सको माग गरिरहेकी छिन् । अन्ततः शंकाकै कारण उनीहरुको सम्बन्ध तोडियो ।
रेबेकाको आफैंमाथि नियन्त्रण थिएन । उनको पूरा शरीर सेक्सको लागि तड्पिरहन्थ्यो । उनलाई जतिबेला पनि सेक्स चाहिन्थ्यो । यस्तो समस्या भएपछि उनी घरबाट बाहिर निस्कनै छोडिन् । रेबेका अहिले फ्रान्समा छिन् र उपचारबाट सेक्स एडिक्सनबाट छुटकारा पाइसकेकी छिन् । उनले आफ्नो जीवनशैलीमा परिवर्तन गरेर सेक्सको लतबाट छुटकारा पाएको बताएकी छिन् ।
<iframe width="708" height="399" src="https://www.youtube.com/embed/jV6JkdV7L9E" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
संविधान विद भिमार्जुन आचार्यले सरकारले आफ्नो लाचारीपन देखाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रिको विकल्प खोज्नुपर्ने अवस्था आएकोसमेत बताए । माउन्टेन टेलिभिजनसंग अन्तरवार्ता दिदै संविधान विद आचार्यले ओलिवाट आफुले धेरै आशा गरेपनि पछिल्लो पटक आश गर्ने ठाँउ नरहेको बताए ।
संघियता निकै खर्चिलो भएकाले धान्न नसकिने उनको भनाई छ । उनले पछिल्लो पटक चर्चको सख्या बढ्नु र एसिया प्यासिफीक सम्मेलनमा प्रधानमन्त्रिको उपस्थितीले जनताको शिर निहुरीएकोसमेत आरोप लगाए । उनले प्रतिपक्ष भन्ने नाम नै नभएको अवस्थामा मुलुकको विकास नहुनु एकदम दुखदायि क्षण भएको टिप्पणि गरे ।
सरकारमा अहिले विवाद भएको छ । तीन दिनसम्म भएको एसिया प्यासिफिक समिटलाई लिएर विवादमा आएको हो । देशको आयोजक नै सरकार भए भनेपछि सरकारले अयोजक होईन सह-आयोजक भन्यो र भनेर आफुलाई फिर्ता लियो । उसले दिएको पर्चा, उसले दिएको प्रेस आदिलाई हेर्दा खेरि सरकार र संसद पनि त्यसको आयोजकमा देखिन्छ ।
प्रधानमन्त्री स्वयम् तीन दिनसम्म सोल्टी होटेलमा नै बास बसे । प्रधानमन्त्रीको निवास बालुवाटारमा शक्ति केन्द्रका रुपमा लिईन्छ तर त्यो शक्ति केन्द्र नै सरेर सोल्टी होटेलमा पुग्यो । त्यसपछि यो विषय विवादको रुपमा आयो । सार्वजनिक कार्यक्रमको रुपमा भन्दा पनि यसले सिङ्घै सरकार त्यो पनि दुई तिहाई मत प्राप्त कम्युनिष्ट सरकारलाई नै हल्लाई दियो भनेर प्रश्न आयो त्यस माथि भिम रावल जस्ता मानिसले प्रश्न उठाई दिएपछि एसिया प्यासिफिक समिट विवादमा आयो ।
हुदा हुदा त्यहि सम्मेलन बिस्तारै धर्मान्तरणको लागि गरिएको रहेछ भनेर अर्को पनि बुदा थपिएको छ जस्को बारेमा अहिले सबै भन्दा बढि बहस र सबैभन्दा बढि विवाद भईराखेको छ । हाम्रो संविधानले हामी धर्मनिरिपेक्ष राष्ट्र भयौ भन्छ अनि त्यहि संविधानले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गर्न पाईदैन भन्ने गरेको पाईन्छ ।
के धर्मान्तरण गरियो ? त्यहि कारणले विवाद भएको हो वा कम्युनिष्ट सरकारलाई बदनाम गर्ने उद्देश्यले शक्ति केन्द्र देखि लिएर यहा भएका राजनितिक दलहरु बौद्दिक सम्पुर्ण लागि परेका हुन् त्यस कारण विवाद भएको हो ? थप चर्चा परिचर्चा गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद् डाक्टर भिमार्जुन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :