‘कुटुमा कुटु गीत र छक्का पन्जा’को ब्रान्ड उचालेको नायिका स्वस्तिमा खड्काको क्रेज र व्यस्तता कम हुने छनक नै देखिएको छैन । स्वस्तिमा नेपाली चलचित्रकी अहिलेकी व्यस्त नायिकामा गनिन्छिन् । उनको हातमा चलचित्रको अभाव छैन । एकपछि अर्को ठूला ब्यानरका चलचित्रबाट उनलाई अफर आइरहेको छ । निर्देशक विकासराज आचार्यले आफू निर्देशित हिट सिक्वेल ‘नाई नभन्नु ल ५’मा स्वस्तिमालाई दोहोरो भूमिकामा अभिनय गराए । यो चलचित्र बक्स अफिसमा हिट पनि भयो । यसपछि, स्वस्तिमाको लोकप्रियता झनै चुलिएको छ । ‘जय भोले, छक्का पन्जा ३, बुलबुल’ उनको रिलिज हुने क्रममा रहेका चलचित्र हुन् ।