गोजीमा १३ रुपैयाँ नभएकि मेनुका टप तेह्रमा, 'सगरमाथा चुमेरै फर्किने अठोट' (भिडियो सहित)
आइतबार उनले आफ्नो फ्यान सूचीमा डिम्पल गर्ल प्रीति जिन्टालाई पनि थपिन् । आइतबार सारेगापामा मेनुकाले ‘पिया बाबरी’ बोलको गीत गाएकी थिइन् । अलि शास्त्रीय जनरको यो गीतमा मेनकुराले जुन सरगम गाएकी थिइन्, त्यसले जजलाई निकै इम्प्रेसिभ गरेको थियो ।
मेनुकाले जारी शो मा आइतबार दिएको प्रस्तुति सबैभन्दा राम्रो थियो । कार्यक्रममा सबै जज र जुरी मेम्बरले उठेर उनलाई हौसला दिएका थिए । टप फिप्टीनको सो प्रतिस्पर्धामा उनले जुरी मेम्बरबाट ९९.३ प्रतिशत अंक प्राप्त गरिन् ।
मेनुकाले प्रस्तुति दिएपछि अभिनेत्री प्रीतिले उनको खुलेरै प्रशंसा गरिन् । जज तथा जुरी मेम्बरको माया त मेनुकाले पाइरहेकै छिन् । आइतबार उनले प्रीतिलाई पनि ‘प्रित’ लगाइन् । प्रीतिले उनलाई मनबाटै गाएको भनेकी थिइन् । उनले मेनुकलाई बधाईसमेत दिइन् । भनेकी थिइन् ।
कार्यक्रममा जुरी मेम्बरबाट ९९.३ अंक पाएकी मेनुका टप १४मा प्रवेश गरिन् ।
https://youtu.be/OwBMa1lC7DE