धनतेरसको दिन यी १२ चीज किन्नुहोस् हजार गुणा चम्कनेछ भाग्य (भिडियो सहित)
वैदिक युगमा स्वास्थ्यलाई सबैभन्दा ठूलो धन मान्ने गरिन्थ्यो। यद्यपि आज पनि यहि कुरा सत्य छ यसमा कुनै सन्देह छैन किनकी हाम्रो सम्पूर्ण धर्मको साधन भनेको हाम्रो यो शरीर नै हो वेदमा पनि भनिएको छ। हिन्दू समुदायमा धनतेरस सुख समृद्धि यश तथा वैभवको पर्वका रुपमा मानिन्छ । यो दिन धनको देवता कुबेर र आयुर्वेदका देव धन्वन्तरीको पूजाको ठुलो महत्व रहेको छ।
हिन्दू पञ्चाङ्गका अनुसार कार्तिक महिनाको त्रयोदशी तिथीमा मनाइने यो महान पर्वका बारेमा स्कन्द पुराणमा लेखिएको छ कि यसै दिन देवताका वैद्य धन्वन्तरी अमृत कलश सहित सागर मन्थनबाट प्रकट भएका थिए। जसका कारण यस दिन धनतेरसका साथसाथै धन्वन्तरी जयन्ती पनि मनाइने गरिन्छ।
भनिन्छ कि यसै दिन यमराजबाट राजा हिमको पुत्रको रक्षा उसको पत्नीले गरेकी थिइन जसका कारण दीपावलीभन्दा दुइदिन पहिले मनाइने ऐश्वर्यको प्रतीक धनतेरस सन्ध्याकालमा यमदेवलाई दीप दान दिइने गरिन्छ। यो दिनलाई यमदीप दान पनि भन्ने गरिन्छ । यसो गर्नाले यमराजबाट रक्षा मिल्ने र सम्पूर्ण परिवार स्वस्थ रहने मान्यता पनि रहिआएको छ।
यस दिन घरमा सरसफाइ लिप पोत गरेर स्वच्छ तथा पवित्र बनाइन्छ भने साँझको समयमा रंगोली बनाएर दीयो जलाएर धन तथा वैभवकी देवी महालक्ष्मीको आव्हान गरिन्छ । धनतेरसका दिन देवता यमराजको पूजा गर्ने गरिन्छ। वर्षमा यही १ दिन जसमा यमराजको पूजा गरिन्छ । यस दिन रात्रिको समय देवता यमराजको नामको दीप जलाइन्छ। त मित्रहरु आउनुस धनतेरसको दिन के के कुराहरु किन्नु पर्दछ? दीपवलीभन्दा पहिले धनतेरसमा घरमा केही खास चीजहरु ल्याउनाले धनलाभ हुने गर्दछ।
धनतेरसको दिन यी १२ चीज किन्दा भाग्य हुनेछ हजार गुणा बलियो
१) गणेश लक्ष्मीको मूर्ति: अवस्य खरीद गर्नुहोस् । गणेश लक्ष्मीको मूर्ति धनतेरसको दिन घरमा ल्याउनाले धनसम्पत्तिको आगमन रहिरहन्छ र वर्षभरी नै घरमा धन र अन्नको कहिल्यै कमि हुँदैन।
२) धातुका सामानहरु: जस्तो सुन चाँदी तथा पित्तल । यस दिन सुन चाँदी किन्नाले व्यक्तिको भाग्यमा बृद्धि हुने गर्दछ । धातुबाट बनेका गहना तथा भाँडाकुँडा खरीद गर्नका लागि धनतेरसको दिन उत्तम मानिन्छ । यो दिन धातुका सामान घरमा ल्याउनाले घरमा सदैव लक्ष्मीको बास रहनेछ।
अन्य भिडियोमा हेर्नुहोस् :