भारतीय रियालिटी शोमा जिताउन मेनुका पौडेललाई आर्थिक सहयोग
आर्थिक अभावकै कारण प्रतियोगितामा हार्नु नपरोस् भन्ने उद्देश्यले पौडेललाई हल्दिबारी–४ का वडासदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट रु ६१ हजार सङ्कलन गरी प्रदान गरिएको हो । पौडेलले गत वर्षको नेपाल आइडलको टप ११ मा पर्न सफल हुनुभएको थियो ।
हाल गायिका पौडेल सारेगममा लाखौँ प्रतियोगीलाई पछि पार्दै टप १३ मा पर्नुभएको छ । प्रतियोगितामा क्षमतासँगै भोटिङ आवश्यक पर्ने भएकाले उहाँलाई जिताउन आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको वडासदस्य मेचेले बताउनुभयो । रासस