लक्ष्मीपुजामा यसरी बनाउनुहोस् आकर्षक रंगोली (विधिसहित)..

काठमाडौँ । नेपालीको दोस्रो महान चाड तिहार आजबाट सुरु भएको छ । आज तिहारको दोस्रो दिन कुकुर तिहार अर्थात नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन। आजको दिन कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिने गरिन्छ । त्यस्तै भोली तिहारको तेस्रो दिन लक्ष्मी पुजा अथवा गाई तिहार ।

तिहारलाई फूलैफूल तथा झिलिमिलको पर्व पनि भन्ने गरिन्छ। तिहारमा लक्ष्मीलाई घर भित्र्याउनका लागि घर झिलिमिली बनाएर घर सजाउनुका साथै लक्ष्मी पुजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्दै लक्ष्मीलाई घर भित्र्याउने परम्परा रहिआएको छ।

विशेष गरी लक्ष्मी पुजाका दिन आँगनमा रंगोली बनाएर दिप बाल्ने तथा लक्ष्मीका पाइला बनाउँदै लक्ष्मीलाई घर भित्र्याउने गरिन्छ। तिहार सुरु भएसँगै आज हामी तपाईलाई रंगोलीको डिजाइनका बारेमा जानकारी दिदैछौँ।

यस भिडियोमा तपाईलाई यो तिहारमा सजिलै रंगोली बनायन मद्यत गर्नेछ । उक्त डिजाइन हेरेर तपाईले लक्ष्मी पुजाको दिन आकर्षक रंगोली बनाएर घर सजाउन सक्नुहुनेछ र आफ्नो घरमा लक्ष्मीलाई भित्र्याउन सक्नुहुन्छ ।

हेर्नुस् भिडियो :
https://youtu.be/gz0P-LxCf_w