प्रधानमन्त्री ओली र भीम रावलबीच चर्को जुहारी, भण्डाफोर गर्न रावल मिडियामा उत्रिए (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उनको आफ्नै दल नेकपाका प्रभावशाली नेता भीम रावलबीच पछिल्लो समय मतभेद निकै चुलिएको छ। पार्टीको घेरा नाघेर रावल प्रधानमन्त्रीकै विरुद्धमा ‘मिडियामा बोल्न बाध्य भएका’ छन्। यो उनकै भनाइ हो- ‘पार्टीमा बोल्ने कहीँ अवसर नपाएको र बैठकहरू हुन छाडेका कारण मिडियामा बल्नु बाध्यता भएको छ।’

विवादित संस्थाले काठमाडौंमा आयोजना गरेको एशिया प्यासिफिक सम्मेलनको भीम रावलले कडा शब्दमा विरोध गरेका छन्। कम्युनिष्ट पार्टीकै लागि त्यो कार्यक्रम धब्बा भएको भन्दै प्रधानमन्त्रीले देशको लाज उडाएको रावलको आरोप छ।

प्रधानमन्त्रीले भने-सम्मेलन सफल भयो । भीम रावलले उत्तर दिए-यो कार्यक्रम राष्ट्रिय लज्जाको विषय हो।

प्रधानमन्त्री-आधारहीन टिप्पणी गर्नेले टिप्पणी गरिरहुन्, तर यो कार्यक्रम भव्य सफल भयो।

भीम रावल-कार्यक्रम भयङ्कर सफल भयो भनेर तर्क गर्नु पाखण्ड हो।

भिडियोमा हेर्नुस् प्रधानमन्त्री ओली र भीम रावलबीचको जुहारीः
<iframe width="708" height="460" src="https://www.youtube.com/embed/AatZgkzOyTs" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>