प्याराग्लाइडरको डोरी चुँडिएपछि गयो पाइलटको ज्यान, आफैंले रेकर्ड गरेका थिए यो डरलाग्दो भिडियो
र्जिजिङ। पश्चिम बंगालको कालिम्पोङमा निकै डरलाग्दो दुर्घटना भएको छ । यहाँ प्याराग्लाइडिङ दुर्घटनामा प्यारापाइलटको ज्यान गएको छ । उनीसँगै प्याराग्लाइडिङमा गएका पर्यटक गम्भीर घाइते अवस्थामा अस्पतालमा छन् ।
भटनाका गौरव चौधरी नामका पर्यटक प्याराग्लाइडिङका लागि गएका थिए । गौरव मोवाइलबाट सेल्फी भिडियो बनाउँदै थिए । यत्तिकैमा ग्लाइडरको डोरी चुँडिएपछि दुवै जमिनमा खसे । खस्दा पाइलटको ज्यान गयो । गौरव गम्भीर अवस्थामा अस्पतालमा छन् । गौरवले खिचिरहेको भिडियोमा यो भयानक दुर्घटना रेकर्ड भएको छ । यो भिडियो अहिले निकै भाइरल भइरहेको छ । हेर्नुहोस् भिडियो:
<iframe width="708" height="319" src="https://www.youtube.com/embed/HCliIcu9AyU" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>