श्रृङ्खला खतिवडा फाइनलमा पुगेपछि मिस वर्ल्डकै मञ्चबाट यसरी दिईन लाइभ अन्तरवार्ता (भिडियो सहित )
नेपाली चेली श्रृङ्खला खतिवडा मिस वर्ल्डको टप ३० मा प्रवेश गरेकी छिन्। सोमबार एकै दिन दुई वटा अवार्ड जितेकी उनी पहिलो पटक मिस वर्ल्डकै मञ्चबाट लाइभ अन्तरवार्ता मा आएकी छन् । उनले आफ्नो सामाजिक सञ्जालको माध्यमद्वारा आफूले यी दुबै अवार्ड जितकोमा र मिस वर्ल्डको टप ३० मा प्रवेश गरकोमा आफ्नो खुसी साटेकी छन्।उनको पहिलो अन्तर्वार्ता मिस वर्ल्डको अफिसियल फेसबुक पेजमा लाइभ दिइएको थियो ।
उनीसँगै लाइभ अन्तर्वातामा मिस न्युजल्याण्ड २०१५ डेबोरा लेम्बी पनि थिइन् जो आफैमा मिस वर्ल्डका २०१८ की एक जज पनि हुन् ।आफू टप ३० मा प्रवेश गरेपछिको अनुभव साथै ब्युटि विथ अ पर्पजू जितेपछिको अनुभवका बारेमा गरिएको कुराकानी हेर्नुहोस भिडियोमा
