मिस वल्र्डमा अर्को तहल्का ! यसरी गुञ्जियो नेपाली गीत, विश्वभरिका सुन्दरीले गरे यस्तो स्वागत- श्रंखला खतिवडाले यसरी नेपालको नाम संसारभर चिनाउदै (भिडियो सहित)
काठमाडौं । चीनको सान्यामा जारी मिस वर्ल्ड प्रतियोगिताको फाइनल भोटिङ विहीबार साँझदेखि खुल्ला भएको छ । फाइनल राउन्डको भोटिङ सुरु भएपछि नेपालबाट प्रतिनिधित्व गरेकी श्रंखला खतिवडाले भोट गर्न फेरी एक पटक अपिल गरेकी छिन् ।
फाइनल राउन्डका लागि भोटिङ खोलिएको मिस वल्र्डको आधिकारिक फेसबुकबाट जानकारी पनि गराएको छ । आफुलाई मनपर्ने प्रतियोगीलाई मोडल पावर लाइभ र मबस्टारबाट पनि भोट गर्न सकिने जनाइएको छ ।
श्रृङ्खलाले आफ्नो फेसबुक पेजमा फिनालेको रातीसम्म भोट गरिरहन सवैलाई आग्रह गरेकी छिन् । ‘मलाई फिनालेसम्म भोट गरिरहनुहोला तपाईंहरु माझ साझा गर्न महत्वपूर्ण समाचार छ । चाँडै दिँदैछु’ उनले फेसबुक पेजमा लेखेकी छिन् ।
ब्यूटी विद् अ पर्पस अवार्ड जित्न सफल श्रृंखलाको भिडियोको गीत मिस वल्र्डमा गुञ्जिएको छ । प्रतियोगीहरुमध्ये जसले प्रस्तुत गरेको समाजसेवाको कार्यक्रमले निर्णायक मण्डलको मन जित्छ त्यही प्रतियोगीले यो अवार्ड प्राप्त गर्दछ ।
<iframe width="708" height="398" src="https://www.youtube.com/embed/AJ26YAFAzMw" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>
