आकाशबाट खेतमा बर्सिए ९८ लाश, २५४ जनाको गएको थियो ज्यान


फ्रेंकफर्ट। ३० वर्ष पहिले स्कटल्याण्डका किसान यस्तो भयानक घटनाको साक्षी बने जसको बारेमा उनीहरुले सपनामा पनि सोचेका थिएनन् । त्यहाँ तब त्रास फैलियो जब लकरबी क्षेत्रमा किसानहरुले आकाशबाट बर्सिरहेका लाशहरु देखे । यो देखेर त्यहाँ बस्ने मानिसहरुलाई लाग्यो कि प्रलयको दिन आयो । एकपछि अर्को गर्दै यहाँ लाश बर्सिरहेका थिए । त्यहाँ कूल ९८ लाश खसेका थिए । अर्कोतर्फ उनीहरुले त्यहाँबाट केही माइल टाढा विष्फोटको आवाज सुने । पूरै क्षेत्रमा हल्लाखल्ला मच्चियो । जब पुलिसले जाँच गर्यो त्यसपछि इतिहासकै डरलाग्दो घटनाको खुलासा भयो ।
लाशहरु पूरै लकरबी क्षेत्रमा छरिएका थिए । जाँचमा थाहा भयो कि यी सबै लाश त्यहाँको आकाशबाट उडिरहेको पेनएमको फ्लाइट १०३ दुर्घटना भएको थियो । यो विमान जर्मनीको फ्रेंकफर्टबाट लण्डन गइरहेको थियो जसमा स्कटल्याण्ड माथिबाट उड्दै गर्दा बम विष्फोट भएको थियो । विष्फोटपछि कैयौं लाशहरु जमिनमा खस्न थाले, केही जिउँदै खसे जसको भुइँमा खसेपछि मृत्यु भयो ।
पूरै इलाका चिहान बनिसकेको थियो । यो दुर्घटनामा विमानमा रहेका यात्रु र चालकदल गरी २४३ जना र जमिनमा रहेका अन्य ११ जना गरी २५४ जनाको मृत्यु भएको थियो । विमानको केही भाग मानव बस्ती भएको क्षेत्रमा खसेको थियो जसको चपेटामा परेरयी ११ जनाको मृत्यु भएको थियो ।
जाँचमा खुलेअनुसार विमानमा सानो बम विष्फोट गरिएको थियो जसले विमानमा २० इन्चको प्वाल पारिदिएको थियो । विष्फोटका बेला विमान ३१ हजार फिट माथि उडिरहेको थियो । विष्फोटले प्वाल परेपछि हावाको दबाब असन्तुलित भएपछि विमान १९ हजार फिटको उचाइमा झरेको थियो । १९ हजार फिट उचाइमा झरेपछि विमान २ टुक्रा भयो । एक टुक्रातर्फ परेकाहरु खेतमा खसेका थिए । अर्को टुक्रातर्फका बस्ती भएको इलाकामा विमानको अवशेषसँगै खसेका थिए ।