मलेशियामा दुवै खुटा गुमे , श्रीमतीले पनि अर्को बिहे गरिन ! पिडित वुद्धि बहादुर ढकाल (भिडियो सहित)

काठमाडौँ – बिगत केही बर्ष अगाडी आफ्नो र आफ्नी श्रीमतीको सुन्दर भविष्यको सपना साकार पार्नको लागी रोजगारीको सिलशिलामा मलेशिया पुगेर काम गर्दै आइ रहेका वुद्धि बहादुर ढकालको आज यो अबस्था देख्दा कस्को मन नरोला ।गोर्खा जिल्ला श्रीनाथकोट रातामाटे गाउँ निबासी भिम प्र ढकालका माईला छोरा वुद्धि बहादुर ढकालको मलेसियाको एउटा कम्पनिमा काम गरि रहेको बेला अचानक मेसीनमा दुबै खुटा परी काटीयको छ । हाल उहाको उपचार काठमाडौँमा भै रहेको छ ।

पिडितको आर्थिक स्थीति अती नाजुक भयको हुनाले नक्ललि खुट्टाको लागि आर्थिक सहयोगको अपेक्षा गर्नु भयको जानकारी ढकालले स्कटनेपाल रोधीघर लगायत लोक दोहरी गायक निलमनी भण्डारी संगको कुरा कानीमा आफ्नो मार्मिक दुख: पिडा पोख्नु भएको छ। त्यति मात्र पक्कै पनि होइन उनकै सेवामा बर्षो देखी खटेकी संगै मर्ने संगै जिउने बाचा गरेकी उनकी श्रीमती अहिले सम्पर्कबिहिन हुदा उनको मन सारै रोइ रहेको अबश्थामा भेटिए वुद्धि बहादुर ढकाल ।

हामी संगको कुरा कानीमा पिडित ढकाल भन्नु हुन्छ कोही मनकारी सहयोगी मन हुनु हुन्छ भनि सहयोगको लागी बिनम्र अनुरोध गर्दछु ।त्यसै गरी सुभु सुन्दर समाज फाउण्डेशन द्वारा गोर्खा सिरुम्चा गाऊँपालिका का वुद्धि बहादुर ढकाललाई रु, ५,००० आर्थिक सहयोग रकम हस्तान्तरण पनि गरेको जानकारी दिन चाहन्छौ। अहिले उनको अवस्था अत्यन्तै दय निय छ यो भिडियो हेर्नुहोस् ऊनी सँग गरीएको कुराकानी जस्ताको त्यस्तै ।सहयोग गर्न ईच्छुक दाताहरुका लागि सिधा सम्पर्क मोवाईल ९७७ ९८०४१८२४६८ मा सम्पर्क गर्नु हुन् हार्दिक अनुरोध गर्दछौ ।नबिल बैंक खाता नम्बर – 3310017502095 AC no:3310017502095 Nabil bank Maharajaganja KTM
https://youtu.be/ErHmpY0iUAs