हिन्दु राष्ट्रसहित राजतन्त्र पुनर्स्थापना गर्दै ओली सरकार र कांग्रेसलाई सडकमा फालिदिने लिङ्देनको ठोकुवा (भिडियोसहित)

राजेन्द्र लिङ्गदेन राप्रपाका महामन्त्री हुन् । देशभर कांग्रेससँग गठबन्धन भए पनि झापा–३ मा वामपन्थीसँग मिलेर उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेर राप्रपाको एक मात्रै सांसद भएर राप्रपाको नाक जोगाएका छन् । राप्रपाका महामन्त्री राजेन्द्र लिंग्देन स्थानीय स्तरमा पनि लोकप्रिय छन् । हिन्दु राष्ट्रसहितको राजतन्त्रका कटर हिमायती लिङ्गदेन आरक्षण र समानुपातिक सिस्टमका कटर बिरोधि पनि हुन् ।
राप्रपाका महामन्त्री एवम् सांसद राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरी राजा बनाएरै छाड्ने घोषणा गरेका छन् । प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो उद्धघोष गरेका हुन् ।

भ्रष्टाचार गरे आमाको खुन खाए बराबरको पाप लागोस भन्दै कुनै बेला संसदमै भाषण गरेका सांसद लिङ्देनले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकमा पुर्याउनेसमेत घोषणा गरेका छन् । ज्ञानेन्द्रलाई राजालाई बनाएर कम्युनिष्ट सरकारलाई फालिदिने लिङ्देनको ठोकुवा छ ।

विभिन्नसमूहमा रहेका राप्रपाहरू तिहार पछाडि एकता गर्ने गरी छलफलमा जुटेका छन् । राप्रपा, राप्रपा प्रजान्त्रिक र एकीकृत राप्रपाका अध्यक्षबीच तिहारलगत्तै पार्टी एकता गर्ने गरी छलफल भइरहेको नेताहरूको दाबी छ ।

सैद्धान्तिकभन्दा पदलोलुपताका कारण पटकपटक विभाजित हुँदै आएका राप्रपा धारका दल पछिल्लो समय राष्ट्रिय राजनीतिमा प्रभावशून्य बनेपछि पुनः एकतामा जुटेका हुन् । पार्टी एकताका लागि अध्यक्ष तहमै छलफल भइरहेको छ।

राप्रपा प्रजातान्त्रिकको आइतबार बसेको बैठकले पार्टी एकताबारे निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशमशेर राणालाई दिएको छ । राप्रपाले यसअघि नै अध्यक्ष कमल थापालाई एकताको जिम्मा दिइसकेको छ ।

यसअघि तीनै दलले वार्ता समिति गठन गरेर एकताको प्रयास अगाडि बढाउन खोजेका थिए । समितिहरूबीच एकताका लागि बैठक बसे पनि परिणाम निस्कन नसकेपछि नेतृत्व तहमै छलफल अघि बढेको हो । बलियो राष्ट्रवादी लोकतान्त्रिक शक्ति निर्माणका लागि पनि राप्रपाबीच एकता अनिवार्य रहेको एकतापक्षधर नेताहरुले बताएका छन् । यहि सेरोफेरो , राजतन्त्र र हिन्दु राष्ट्रमा केन्द्रीत रहेर ऋषि धमलाले नेता लिङ्देनसंग गरेको कुराकानीमा यस्तो रह्यो चर्चित सम्बाद :-

ऋषि धमला : जनताले फ्याकिसकेको राजसस्थालाई तपाईहरु किन काध हालेर हिड्नुभएको छ ?

राजेन्द्र लिङ्देन : तपाईहरु किन जनताले फ्याकिसकेको भन्दै बारबार राजसस्थाको अपमान गर्नुहुन्छ ? राजसस्था कसरी षड्यन्त्र गरेर फ्याकियो भन्ने कुरा अब सारा जनताले बुझिसकेका छन् ।

ऋषि धमला : आज आएर राजसस्थाको मुद्दा त मरिसक्यो नि हैन र ? राजेन्द्र लिङ्देन : राजसस्थाको मुद्दा मरिसकेको हुन्थ्यो भने, देशलाई राजसस्थाको आवस्यकता महसुस नभएको हुन्थ्यो भने ऋषि जी तपाईंले एउटा राजसस्था पुनर्स्थापना गर्न लागिपरेको नेतालाई बोलाएर अन्तर्वार्ता लिनुहुन्न थियो ।