प्रहरीकै गाडीबाट थुतेर युवकको हत्या, कुटीकुटी मारेको भिडियो भाईरल

काठमाडौँ । हथछोया गाउँमा मंगलबार प्रहरीकै गाडिबाट निकालेर एक युवकलाई कुटी कुटी हत्या गरिएको छ। यो खबर भारतको हथछोया गाउँको हो। यो समयमा प्रहरी पनि घटनास्थलमै रहेका थिए।

जुन घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ। तर यसै विषयमा एसपी अजय कुमारले भनेका छन्, हत्या प्रहरीका सामु नभएको र कुटपिट पश्चात युवक घटनास्थलबाट भागेको र गाउँमा उनको हत्या भएको हो।

वास्तवमा घटना एक दोकामनमा भएको विवादका कारण भएको बुझिएको छ। एक दोकानमा युवाहरुबीच झगडा भएपछि प्रहरीको १०० नम्बरमा फोन गरियो। फोनकै कारण प्रहरी तत्कालै घटनास्थलमा आएको र तरशवाल नाम गरेका ति युवालाई पक्राउ गर्यो। यसै क्रममा केही मानिसले प्रहरीको गाडीबाटै तरशवाललाई बाहिर निकालेर कुटपिट गरे जसका कारण घटनास्थलमै उनको ज्यान गयो ।

प्रहरीका अनुसार अहिले उक्त पीडित समुदायले तरशवालको शव प्रदर्शन गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरुले हत्यामा संलग्नलाई कारवाहीको माग पनि गरेका छन्। अहिलेसम्म एक आरोपित पक्राउ परेको प्रहरीले जनाएको छ। एक जना फरार छन्।

<iframe width="708" height="319" src="https://www.youtube.com/embed/wTRqIOMBBAc" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>