ज्ञानेन्द्र शाह माघ सात गते राति नारायण हिटीमा सर्ने र श्रीपेच लगाउने
करीब २ साता देखि त्यतै रहेका उनले भारतको उत्तर प्रदेशका मुख्य मन्त्री योगीसगँ समेत केही दिन अघि भेटेका थिए ।
यता राजा ज्ञानेन्द्रको समर्थनमा खुलेआम नाराजुलुश र सभा गर्दै हिडेको राष्ट्रवादी नागरिक अभियान सघर्षका अभियान्ताहरुले यही माघ ७ गते राति शाह श्रीपेच लगाएर नारायण हिटिमा फिर्ता हुने हल्ला फैलाउन थालेका छन् ।
काठमाण्डौं शान्ति बाटीकामा र्याली पछि गरिएको कोण सभामा बोल्दै अभियानकी उपसयोजक लक्ष्मी मल्लले “ श्री ५ बडामहाराज धिराज यति बेला नेपालगञ्जमा हुनुहुन्छ, अब माघ सात गते राति श्रीपेच लगाएर नारायणहिटीमा फर्कनु हुनेछ” भन्दै खुलेआम भाषण गरिन् ।
प्रहरीले सुरक्षा दिएको उक्त कार्यक्रममा उनले केही दिनमा बाम गठबन्धन टुट्ने र राजा, दलहरुबीच ६३ सालमा भएको गोप्य सम्झौता सार्वजनिक गर्न माग गरिन् । उनले किन त्यस्तो बोलिन ? साहकै आसय पाएर या मनगढ़नते रुपमा त्यो एकिन छैन ।यस विषयमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि बोल्दै आएका छन् । केपी ओली र प्रचण्ड नक्कली राष्ट्रवादी र दलाल भएको कार्यक्रमका बक्ताहरुले बताए ।उनीहरुले र्यालीमा देश टुक्रयाउन पाईदैन, प्रदेश सरकार चाहिदैन जस्ता नारा लगाएका थिए । २०६५ साल जेष्ठ पछि शाह नारायणहिटि छाडेर नागार्जुन दरबारमा सरेका थिए ।