रबि लामिछानेले ज्यानको बाजी लगाएर गरे बलात्कारीको फर्दाफास, बलात्कारी होटलबाटै समातिए (भिडियो सहित)
आजको एपिसोडमा निम्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छः
१. विद्यार्थीको अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गर्ने प्रोफेसर पक्राउ
काठमाडौं, ४ मंसिर । नेपालका प्रतिष्ठित कलेजहरुमा म्यानेजमेन्ट पढाउँदै आएका भारतीय नागरिक वि.एस. गौतम भनेर चिनिने बोधीसत्व गौतम भट्टाचार्यले आफ्नै विद्यार्थी र किशोरीहरुलाई ब्ल्याकमेल गरि यौन शोषण गर्दै आएको खुलेको छ । कोलकत्ता घर भई हाल काठमाडौंको कालोपुल बस्ने ५४ वर्षीय भट्टाचार्यले विभिन्न तरिकाले किशोरीहरुसँग शारीरिक सम्पर्क स्थापना गर्ने र नाङ्गा फोटा भिडियो खिचेर ब्ल्याकमेल गर्दै आएका रहेछन् ।
२. चाकडी र घुस दिन नसकेको भन्दै वीर अस्पतालका डाक्टरले दिए राजिनामा
काठमाडौं । वीर अस्पतालमा कार्यरत न्युरो सर्जन डा. धु्रवराज अधिकारीले चाकडी र घुस दिन नसकेको भन्दै राजीनामा दिएका छन् । लामो समयदेखि वीर अस्पतालमा कार्यरत डाक्टर अधिकारीलाइ वीर अस्पतालमै पोष्टिङ हुन नसकेपछि सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राजीनामा दिएको बताएका हुन् ।
३. झापाको पशुपति माविमा आर्थिक अनियमिता, अख्तियारमा उजुरी
झापा । झापाको बाह्रदशी गाउँपालिका–३ राजगढमा रहेको पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यासागर चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पोखरेल र सहायक प्रधानाध्यापक गुणनिधी लँुईटेलले आर्थिक अनियमितता गरेको देखाएका थियौँ । गत कार्यक्रममा रिपोर्ट प्रशारण भए लगत्तै विद्यार्थीका नाममा विभिन्न शिर्षकमा रसिद काट्दै छात्रावृत्ति वापतको एक लाख रुपैयाँ रकम मिलान गरेको छ ।
sabhar news24 bata