चर्चित अभिनेत्रि प्रियंका चोपडा अभिनित नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – बलिउडकी चर्चित अभिनेत्रि प्रियंका चोपडा अभिनित नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक भएको छ । फिल्म ‘पाहुना’अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।यस ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ ।

ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के–के गरेका छन् भन्ने कुरा देख्न सकिन्छ ।नेपाली भाषामा तयार पारिएको फिल्म ‘पाहुना’मा अंग्रेजी सबटाइटल पनि राखिएको छ ।उक्त फिल्म पाखी ए तराइवालाले निर्देशन गरेका हुन् । फिल्म ‘पाहुना’मा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ ।
<iframe width="718" height="404" src="https://www.youtube.com/embed/mGew2j65ST4" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>