पूर्वमा फेला परिन् सुमधुर स्वर भएकी अर्की किशोरी , जसको स्वर चर्चित गायिकाहरु जत्तिकै निखारिएको छ (भिडियो)
अहिलेसम्म उनले कुनै गीत रेकर्ड गराएकी छैनन् । तर पनि उनका केही भिडियो भाइरल बनेको छ । उनी पछिल्ला दिनमा नव गायीकाको रुपमा उदाउँदै गरेकी गायीकाको रुपमा भाइरल बन्न थालेकी छन् । संगीतको कुनै औपचारिक प्रशिक्षण नलिएकी सुमिनाले आफ्नो स्वरमा पहिलोपटक गीत रेकर्ड गर्ने तयारीमा जुटेकी छन् । अहिलेका व्यस्त संगीतकार सन्तोष श्रेष्ठको संगीतमा उनले पहिलो प्रतिभा स्वरुप गीत रेकर्ड गराउँदै छिन् । जसको शब्द गोपाल बराइलीको छ । उनले स्कुले जीवनमा गाउँघरमा हुने कार्यक्रमहरुमा मात्रै आफ्नो कला पस्किँदै आएकी थिइन् । अहिले पनि स्थानीय स्तरमा हुने कार्यक्रमहरुमा भने गाउने गर्छिन् । हेर्नुहोस् भिडियो