प्रधानमन्त्रीलाई राज्य द्रोहको मुद्दा लाग्न सक्छ, अब ओलीको विकल्प खोज्ने बेला भयो (भिडियो)





संविधान विद भिमार्जुन आचार्यले सरकारले आफ्नो लाचारीपन देखाएको आरोप लगाएका छन् । उनले प्रधानमन्त्रिको विकल्प खोज्नुपर्ने अवस्था आएकोसमेत बताए । माउन्टेन टेलिभिजनसंग अन्तरवार्ता दिदै संविधान विद आचार्यले ओलिवाट आफुले धेरै आशा गरेपनि पछिल्लो पटक आश गर्ने ठाँउ नरहेको बताए ।

संघियता निकै खर्चिलो भएकाले धान्न नसकिने उनको भनाई छ । उनले पछिल्लो पटक चर्चको सख्या बढ्नु र एसिया प्यासिफीक सम्मेलनमा प्रधानमन्त्रिको उपस्थितीले जनताको शिर निहुरीएकोसमेत आरोप लगाए । उनले प्रतिपक्ष भन्ने नाम नै नभएको अवस्थामा मुलुकको विकास नहुनु एकदम दुखदायि क्षण भएको टिप्पणि गरे ।

सरकारमा अहिले विवाद भएको छ । तीन दिनसम्म भएको एसिया प्यासिफिक समिटलाई लिएर विवादमा आएको हो । देशको आयोजक नै सरकार भए भनेपछि सरकारले अयोजक होईन सह-आयोजक भन्यो र भनेर आफुलाई फिर्ता लियो । उसले दिएको पर्चा, उसले दिएको प्रेस आदिलाई हेर्दा खेरि सरकार र संसद पनि त्यसको आयोजकमा देखिन्छ ।
प्रधानमन्त्री स्वयम् तीन दिनसम्म सोल्टी होटेलमा नै बास बसे । प्रधानमन्त्रीको निवास बालुवाटारमा शक्ति केन्द्रका रुपमा लिईन्छ तर त्यो शक्ति केन्द्र नै सरेर सोल्टी होटेलमा पुग्यो । त्यसपछि यो विषय विवादको रुपमा आयो । सार्वजनिक कार्यक्रमको रुपमा भन्दा पनि यसले सिङ्घै सरकार त्यो पनि दुई तिहाई मत प्राप्त कम्युनिष्ट सरकारलाई नै हल्लाई दियो भनेर प्रश्न आयो त्यस माथि भिम रावल जस्ता मानिसले प्रश्न उठाई दिएपछि एसिया प्यासिफिक समिट विवादमा आयो ।

हुदा हुदा त्यहि सम्मेलन बिस्तारै धर्मान्तरणको लागि गरिएको रहेछ भनेर अर्को पनि बुदा थपिएको छ जस्को बारेमा अहिले सबै भन्दा बढि बहस र सबैभन्दा बढि विवाद भईराखेको छ । हाम्रो संविधानले हामी धर्मनिरिपेक्ष राष्ट्र भयौ भन्छ अनि त्यहि संविधानले कसैलाई पनि जबरजस्ती धर्मान्तरण गर्न पाईदैन भन्ने गरेको पाईन्छ ।

के धर्मान्तरण गरियो ? त्यहि कारणले विवाद भएको हो वा कम्युनिष्ट सरकारलाई बदनाम गर्ने उद्देश्यले शक्ति केन्द्र देखि लिएर यहा भएका राजनितिक दलहरु बौद्दिक सम्पुर्ण लागि परेका हुन् त्यस कारण विवाद भएको हो ? थप चर्चा परिचर्चा गर्नका लागि कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद् डाक्टर भिमार्जुन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :

<iframe width="560" height="315" src="https://www.youtube.com/embed/HgZ8OQi_ekA" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>