निर्मला पन्त प्रकरण : अझै एक जना फरर रहेको प्रहरीको दाबी, मानसखण्ड भन्छ- विशाल र प्रदिप निर्दोष हुन् हेर्नुहोस (भिडियो सहित)
कन्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाले लामो समय वितिसक्दा यसको वास्तविक हत्यारा पत्ता लगाउनु पर्ने माग राख्दै विभिन्न काल खण्डहरुमा अनेकौं आन्दोलनहरु भए, अहिले पनि सडक देखि सदन सम्म यसले मज्जाले तताइरहेको छ ।
नेपाली छापा मिडिया देखि समाजिक संजालहरुमा निर्मलासँग सम्बन्धित विभिन्न प्रसंगहरुले छाइरहँदा पछिल्लो समय यससँग सम्बन्धित विभिन्न इक्सक्लुसिप खबरहरु बाहिर आइरहेका छन् । तर यत्तिखेर निर्मलाको हत्यामा आरोपी भनिएकाहरु अहिले अनुसन्धानको दायरामै रहेका छन् ।
त्यसै क्रममा यो काण्डसँग विभिन्न कोणबाट बहस हुने क्रम पनि जारी रहेको छ । प्रहरीका अनुसार एक जना अझै पक्राऊ गर्न बाँकी छ, उनी फरर रहेका छन् । त्यसो त कन्चनपुरकै एक मिडियाले यसबारे केही चीरफर गरेका छन्, जहाँ पक्राऊ परेका प्रदिप रावल र विशाल चौधरी निर्दोष हुन् भनेर लेखिएको छ । हेर्नुहोस् विस्तृतमा यो सनसनीपूर्ण भिडियो रिपोर्ट….
