हेड–टू–हेड च्यालेन्जको दोस्रो चरण पुग्न सकिनन् श्रृखंला
चीन, मंसिर १६, चीनमा जारी मिस वर्ल्ड प्रतियोगिताको हेड–टू–हेड च्यालेन्जको दोस्रो चरणबाट नेपालकी श्रृखंला खतिवडा बाहिरिएकी छिन् ।
पहिलो चरणमा समूह विजेता बनेकी मिस नेपाल शृङ्खला शनिबार बेलुका भएको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भइन्।
पराजीत भएसँगै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेकी छन्, यध्यपी उनको सम्भावना भने कायमै छ।उनी मल्टिमिडिया वा ब्यूटी विथ पर्पज बिधा जितेर अन्तिम ३० मा पर्न सक्ने छिन् ।